• Wednesday 7th of October 2026

दशैंमा घर जाने सेनाका सकलदर्जा तथा परिवारलाई यातायात सुविधा


  • धनकुटा खबर
  • .

काठमाडौं– नेपाली सेनाले यसपटकको दशैंमा घर जाने नेपाली सेनाका सकलदर्जा र तीनका आश्रित परिवारलाई सहुलियत यातायात सुविधा उपल्बध गराएको छ।

सैनिक र तीनका परिवारका लागि असोज २१ गतेदेखि नै ३० गतेसम्म मुलुकका विभिन्न स्थानहरुबीच स्थल र हवाई यातायात सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानहरुमा बस मार्फत् ४२१ जना र सडक सञ्जालको पहुँच नपुगेका दुर्गम पहाडी/हिमाली क्षेत्रलगायत लामो दूरीका गन्तव्यहरुमा हवाई उडानमार्फत् ६०५ जना गरी हालसम्म १०२६ जना सकलदर्जा एवं आश्रित परिवारहरुले यात्रा गरिसकेका छन्।

यो सुविधा कात्तिक २ गतेसम्म सञ्चालन हुने सेनाले जनाएको छ। दशैं सुरु भएसँगै उपत्यका छाड्नेहरुको पनि भीड लागेको छ। काठमाडौंको गोँगबु बसपार्कबाट मात्रै दैनिक ५० हजार बढी सर्वसाधारण घर फर्किरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖