काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सवका अवसरमा शुभकामना दिन निर्मल निवास पुगेका शुभेच्छुक गेटबाटै फर्किएका छन्।
जन्मोत्सवका अवसरमा पूर्वराजालाई भेटेर शुभकामना दिने अपेक्षासहित बिहानदेखि निर्मल निवास पुगेका शुभेच्छुकलाई आज कुनै औपचारिक कार्यक्रम नरहेको जानकारी दिइँदै फर्काइएको हो।
साथै पूर्वराजा शाह निर्मल निवासमा नभई नागार्जुनस्थित निवासमा रहेको जानकारी गराइएको बताइएको छ ।
