काठमाडौं, असार २८ — व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार प्रसाईं झापाबाट हवाईमार्ग हुँदै काठमाडौं आएका थिए। विमानस्थलभित्रै कार्यक्रम गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले विमानस्थलभित्र कार्यक्रम गर्न लागेपछि प्रसाईंलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
प्रहरीका अनुसार उनलाई विमानस्थलबाट बाहिर लगेर छाडिने सम्भावना रहेको छ। यसबारे थप विवरण आउन बाँकी छ।
