• Tuesday 6th of October 2026

संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : गृहमन्त्री गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।

गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको गृहमन्त्री गुरुङले बताएका छन्।

‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ उनले भनेका छन्।

राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उनले बताएका छन्।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान खेलबाड गरी देश र संगठनप्रति विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने गृहमन्त्री गुरुङले स्पष्ट पारेका छन्।

‘विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,’ उनले भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖