• Sunday 4th of October 2026

मुखको क्यान्सरका यी प्रारम्भिक लक्षणलाई बेवास्ता नगर्नुहोस्


  • धनकुटा खबर
  • .

काठमाडौं । क्यान्सर संसारकै जटिल र घातक रोगमध्ये एक मानिन्छ। यसको नाम सुन्नासाथ धेरै मानिस डराउने गर्छन्। विशेषगरी मुखको क्यान्सर सुर्ती, चुरोट वा गुट्खा सेवन गर्नेहरूलाई मात्रै हुन्छ भन्ने आमधारणा रहे पनि यो पूर्ण रूपमा सही होइन। अस्वस्थ जीवनशैली, मुखको सरसफाइमा लापरबाही तथा अन्य जोखिम कारकका कारण पनि मुखको क्यान्सर हुन सक्छ।

मुखको क्यान्सर प्रारम्भिक चरणमै पहिचान गर्न सके उपचारको सफलता धेरै बढ्ने भएकाले शरीरले देखाउने केही चेतावनी संकेतलाई बेवास्ता गर्नु हुँदैन।

मुखभित्र रातो वा सेतो दाग देखिनु
आफ्नो मुख नियमित रूपमा ऐनामा हेर्ने बानी बसाल्नुहोस्। यदि मुखभित्र रातो वा सेतो दाग लामो समयसम्म देखिइरहेको छ भने त्यसलाई सामान्य ठान्नु हुँदैन। यस्ता दाग मुखको क्यान्सरको प्रारम्भिक संकेत हुन सक्छन्।

दुई साताभन्दा बढी निको नहुने घाउ
मुखमा देखिएको अल्सर वा घाउ दुई साताभन्दा बढी समयसम्म निको नभए वा निको भएर पुनः सोही स्थानमा दोहोरिएमा तुरुन्त चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ। यस्तो अवस्था मुखको क्यान्सरको संकेत हुन सक्छ।

मुखको छाला बाक्लिनु वा सेतो पत्र देखिनु
मुखभित्र छाला बाक्लो भएको, सेतो पत्र जमेको, सुन्निएको वा लगातार दुखाइ महसुस भएको अवस्था पनि चिन्ताजनक हुन सक्छ। यस्ता लक्षण देखिएमा परीक्षण गराएर समयमै उपचार सुरु गर्नु उपयुक्त हुन्छ।

मुख राम्रोसँग नखुल्नु
यदि मुख पूरा खोल्न गाह्रो हुने, मुख खोल्दा पीडा हुने वा विस्तारै मुख खोल्ने क्षमता घट्दै गएको अनुभव भइरहेको छ भने त्यसलाई बेवास्ता नगर्नुहोस्। यस्तो लक्षण पनि मुखको क्यान्सरसँग सम्बन्धित हुन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖