• Tuesday 6th of October 2026

घन्टी बजाउँदै सिंहदरबारमा दुई महिलाले गरिन् सरकारविरुद्ध प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रवेश गर्न खोजेकी ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र घरेलु हिंसापीडित बिनु यादवलाई प्रहरीले रोकेको छ।

शनिबार आफ्ना माग तथा समस्याबारे सम्बन्धित निकायसँग छलफल गर्न गृह मन्त्रालय पुगेका उनीहरूलाई मन्त्रालय प्रवेश गर्न नदिइएपछि मूल गेटमै विरोध प्रदर्शन गरेका हुन्।

प्रहरीले प्रवेशमा रोक लगाएपछि राजपुत र यादवले गृह मन्त्रालयको मूल गेटमा घन्टी बजाउँदै सरकारविरुद्ध प्रदर्शन गरेका थिए। उनीहरू सडकमै बसेर प्रदर्शन गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्दै त्यहाँबाट हटाएको जनाएको छ।

निहारिका राजपुत र बिनु यादव केही दिनयता सिंहदरबारको मूल गेट अगाडि धर्ना दिँदै आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖