काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङ गम्भीर स्वास्थ्य समस्याका कारण ३७ दिन उपचारपछि केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएका छन्।
चिकित्सकहरूले थप उपचारका लागि विदेश जान सुझाव दिए पनि गुरुङले नेपालकै चिकित्सकीय सेवामाथि विश्वास गर्दै काठमाडौंस्थित शिक्षण अस्पतालमै उपचार गराएका थिए। उपचारका क्रममा आवश्यक केही औषधि अमेरिकाबाट मगाइएको बताइएको छ।
हाल उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेको पारिवारिक स्रोतले जनाएको छ। चिकित्सकहरूले केही समय पूर्ण विश्राम गर्न र नियमित स्वास्थ्य परीक्षण गराइरहन सुझाव दिएका छन्।
