• Sunday 4th of October 2026

के प्रिति जिन्टा पहिलो पटक १०० करोड क्लबमा प्रवेश गर्न सक्छिन त ?


  • धनकुटा खबर
  • .

मुम्बई, २० साउन । सन् २००० को दशकमा बलिउडकी शीर्ष अभिनेत्रीहरूमध्ये एक रहेकी प्रीति जिन्टाले थुप्रै सुपरहिट चलचित्रहरूमा अभिनय गरिन् र हिन्दी चलचित्र उद्योगमा आफ्नो वर्चस्व कायम गरिन्।

 

यद्यपि, उनले बिस्तारै चलचित्रमा काम गर्न कम गरिन् र अन्ततः आफ्नो व्यक्तिगत जीवनमा ध्यान केन्द्रित गर्न बलिउडबाट टाढिएर पतिसँगै अमेरिका गइन्। अब, उनी ‘बँटवारा १९४७’ मार्फत सनी देओलसँगै ठूलो पर्दामा पुनरागमन गर्न तयार छिन्। के यो चलचित्र उनको करिअरकै सबैभन्दा ठूलो चलचित्र बन्ला त ? बलिउडमा अहिले यो बहस चलिरहेको छ।

प्रिती जिन्टाको ‘बँटवारा १९४७’ यस वर्षको सबैभन्दा बढी प्रतिक्षित चलचित्रहरूमध्ये एक हो। यस चलचित्रमा अभिनेत्री पुनः एकपटक सनी देओलसँग स्क्रिन साझा गर्दै देखिने छिन्। चर्चित चलचित्र निर्माता राजकुमार सन्तोषीद्वारा निर्देशित यो ‘पिरियड ड्रामा’ अर्थात ऐतिहासिक पृष्ठभूमिमा आधारित चलचित्र भारतको विभाजनको पृष्ठभूमिका आधारित एक काल्पनिक कथा हो।

 

आमिर खानले निर्माण गरेको यो ठूलो परियोजनाले दर्शकको अपेक्षा अझ बढाएको छ। यसैले गर्दा चलचित्र क्षेत्रका जानकारहरू यो चलचित्रले बक्स अफिसमा निकै ठूलो कमाइ गर्ने अनुमान गरिरहेका छन्। वास्तवमा, ‘गदर २’ जस्तै ‘बँटवारा १९४७’ ले पनि बक्स अफिसका थुप्रै कीर्तिमानहरू तोड्ने अपेक्षा गरिएको छ।

 

प्रदर्शन अघिको चर्चालाई हेर्दा ‘बँटवारा १९४७’ ले स्वदेशी बक्स अफिसमा सजिलै १०० करोड रुपैयाँको आँकडा पार गर्ने बलियो सम्भावना छ। आजको समयमा कुनै बलिउड चलचित्रले १०० करोड कमाउनुलाई ठूलो उपलब्धि नमानी बस्न सकिन्न तर प्रिती जिन्टाका लागि भने यो एउटा महत्त्वपूर्ण कोशेढुङ्गा हुनेछ ।

वास्तवमा, २० वर्षभन्दा लामो करियरमा उनी अहिलेसम्म यो विशिष्ट समूहको हिस्सा बन्न सकेकी थिइनन्। ‘बँटवारा १९४७’ ले १०० करोड रुपैयाँभन्दा बढी कमाइ गरयो भने यो उनको पहिलो चलचित्र बन्नेछ, जसले यसलाई उनको करियरकै सबैभन्दा ठूलो चलचित्र बनाउनेछ।

 

यहाँ यो उल्लेख गर्नु सान्दर्भिक हुन्छ कि ऋतिक रोशनसँगको सह अभिनय रहेको ‘कोई मिल गया’ हालसम्म प्रीति जिन्टाको सर्वाधिक कमाइ गर्ने चलचित्र हो। सन् २००३ मा प्रदर्शित यो चलचित्र निकै सफल भएको थियो र यसले स्वदेशी बक्स अफिसमा ४६.९६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। अब भने ‘बँटवारा १९४७’ले सजिलै ‘कोई मिल गया’ को कीर्तिमान तोड्दै प्रीतिको सर्वाधिक कमाइ गर्ने चलचित्र बन्ने तयारीमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖