• Sunday 4th of October 2026

‘सरकारको विरोध गर्दा ‘झोले’ र समर्थन गर्दा ‘घन्टे’ भन्न थालियो’:दीपकराज गिरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा हुने असहिष्णु टिप्पणीप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारका काम(कारबाहीबारे आफ्ना धारणा राख्दा आउने प्रतिक्रियाले निष्पक्ष विचार व्यक्त गर्न गाह्रो भएको उनले औँल्याएका हुन्।

फेसबुकमा पोस्ट गर्दै गिरीले लेखेका छन्, ‘सरकारले गरेको गलत कामको विरोधमा लेख्नुस्, झोले ! सरकारले सुरुवात गरेको राम्रो कामको समर्थनमा लेख्नुस्, घन्टे !’

यस्तो प्रवृत्तिले गर्दा निष्पक्ष भएर आफ्ना विचारहरू लेख्न र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्न चुनौती थपिएको उनले बताएका छन्। मानिसहरूले जुनसुकै धारणालाई पनि कुनै न कुनै राजनीतिक कित्तासँग जोडेर हेर्ने गरेकाले कलम नै कलङ्कित हुने डर पैदा भएको गिरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖