• Wednesday 7th of October 2026

डुंगा चालकको मापसे जाँच


  • धनकुटा खबर
  • .

पोखरामा फेवातालमा डुंगा चलाउने चालकहरूको मादक पदार्थ सेवन (मापसे) जाँच गरिएको छ।

बुधबार दिउँसो कास्की पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित फेवातालमा डुंगा चालकहरूको मापसे जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

समयसमयमा डुंगा दुर्घटना हुने घटनालाई मध्यनजरमा राखेर वडा प्रहरी कार्यालय बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो।

बुधबार गरिएको जाँचमा कसैले पनि मापसे नगरेको अस्थायी ट्राफिक पोष्टका प्रमुख वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले जानकारी दिए।
उनले डुंगामा सवार गर्ने यात्रु र चालकको सुरक्षाका लागि केही समय अघि पनि यसरी मापसे जाँच गरिएको बताए।

‘मापसे गरेका कारणले गर्दा चालक समेत डुब्ने, डुंगा डुब्ने घटनाहरू हुनसक्ने भएकाले पनि सुरक्षाका लागि यसो गर्न थालिएको हो,’ केसीले भने, ‘मापसे गरिएकै कारण कतिपय यात्रु समेतले डुंगा चलाउन खोज्ने गरेका छन्। त्‍यसलाई पनि नियन्त्रण गर्न खोजेका हौं।’
यात्रुहरूले लाइफ ज्याकेट लगाए/नलगाएको पनि हेर्ने गरिएको उनले बताए।

यसरी कसैले मापसे गरेको पाइएमा अहिलेलाई सचेत गराउने गरेको पनि उनी बताउँछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖