• Monday 5th of October 2026

साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत: कार्यकर्ताले स्कर्टिङ गर्दै लगे महाराजगञ्ज


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि स्वदेश फर्किएका छन्। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कांग्रेसको संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्।

देउवाको स्वागतका लागि विमानस्थलमा संस्थापनइतर पक्षका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो। उनीहरूले बाजागाजा र झाँकीसहित देउवाको स्वागत गरेका थिए।

विमानस्थलबाट देउवालाई कारमा राखेर कार्यकर्ताले स्कर्टिङ गर्दै महाराजगञ्जस्थित उनको अस्थायी निवासतर्फ लगेका छन्।

देउवा शुक्रबार सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजना हुने नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ।

गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर गएका देउवा उपचारका लागि भन्दै त्यहाँ पुगेका थिए। उनी बिहीबार नेपाल फर्किएका हुन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖