• Monday 5th of October 2026

बनेपामा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–७ चारदोबाटो चोकनजिक बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएका छन्।

शुक्रबार बिहान करिब ११:१५ बजे बा.३ ख २०१४ नम्बरको बसले बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटरमा सवार एक जना गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर चालक सामान्य घाइते भएका छन्।

दुर्घटनापछि प्रहरीले बस चालक तथा दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖