• Wednesday 7th of October 2026

६५ हजार रियाल जरिवाना तोकिएका सुनारको यसरी गरियो साउदीबाट उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका दुर्गा बहादुर सुनारको महावाणिज्य दूतावासको अगुवाइमा उद्धार गरी नेपाल पठाइएको छ । जेद्दास्थित नेपाली कन्सुलेट जनरलले सूचना जारी गर्दै सुनारको उद्धार गरिएको जानकारी दिएका हुन् ।

लाइसेन्सबिना रोजगारदाताको अनुमति नलिइ सवारी साधन चलाउँदा भएको क्षतिसहितको जरिवाना गरी ६० हजार रियाल सुनारले तिर्नुपर्ने जसमा महावाणिज्य दूतावासको पहलमा ४५ हजार रियाल तिनुपर्ने भने २० हजार रियल भने मिनाहा गरिएको थियो ।

महावाणिज्यत दूतावासले सम्पूर्ण भिषा प्रक्रिया पूरा गरी सुनारलाई नेपाल पठाइएको सूचनामार्फत जानकारी दिएको हो ।

महावाणिज्य दूतावासले सुनारको उद्धारका लागि संघ, संस्थान एवम् व्यक्तिहरुलाई अपील गरेको थियो ।

श्री दुर्गा बहादुर सुनारको उद्धार गरी नेपाल पठाईएको सम्बन्धमा !

मिति ०४ असार २०८० (१९ जुन २०२३), ११ असार २०८० (२६ जुन २०२३) तथा ३२ श्रावण २०८० (१७ अगष्ट २०२३) का सूचनाहरुमार्फत् श्री दुर्गा बहादुर सुनार उद्धार अभियानका लागि अपील गरिएको (श्री सुनारको जरिवाना रकम साउदी रियाल ६५,००० रहेकोमा महावाणिज्यदूतावासले दोस्रो पक्षसँग जरिवाना मिनाहाका लागि अनुरोध गरेकोमा दोस्रो पक्षले साउदी रियाल ४५,००० जरिवाना तिरे बाँकी साउदी रियाल २०,००० मिनाहा गरिदिने प्रतिवद्धता जनाएको) व्यहोरा यँहाहरुमा अवगत नै छ ।

यसै सन्दर्भमा यो अभियानमा विभिन्न माध्यम (एसटीसी पे, बैंक एकाउन्ट, क्यास ह्याण्डओभर) बाट विभिन्न संघ–संस्था एवम् संस्थाका पदाधिकारीहरु तथा व्यक्तिगतरुपमा सहयोग गर्नुहुने समाजसेवी महानुभावहरूमार्फत् श्री दुर्गा बहादुर सुनारको उद्धारका लागि दोस्रो पक्षलाई बुझाउने क्षतिपूर्ति रकम तथा वकिलको शुल्क समेत बुझाई महावाणिज्यदूतावासले अन्य कानूनी तथा प्रशासनिक प्रक्रियाहरु पुरा गरी श्री सुनारको बहिर्गमन भिषा प्राप्त भई आज मिति २०८० कार्तिक १ गते साँझ ७ १० को उडानबाट नेपाल प्रस्थान गर्नुभएको व्यहोरा सम्पूर्ण महानुभावहरुमा जानकारी गराउदँछौं (अपिल मार्फत् जम्मा साउदी रियाल ६१,७८२.४४ सहयोग रकम प्राप्त भएकोमा यो प्रक्रियामा दोस्रो पक्षलाई बुझाउने क्षतिपूर्ति, विगतदेखि संलग्न वकिललाई बुझाउनुपर्ने शुल्क एवम् कानूनी प्रक्रियाको समाप्ति पश्चात् नेपाल पठाउन लाग्ने हवाई टिकट समेत गरी साउदी रियाल ५११७० १० रकम खर्च भएको साउदी रियाल ३११२ श्री सुनारलाई हस्तान्तरण गरिएको। ७५०० साउदी रियाल बाँकी रहेको तथा सो रकम आगामी दिनमा यहाँहरुसंगको सल्लाह तथा समन्वयमा यस्तै प्रकारका अन्य उद्दार तथा सहयोगका लागि प्रयोग गरिने व्यहोरा सादर अनुरोध छ)।

यसरी महावाणिज्यदूतावासको सेल्टरमा करीब २ वर्ष राखी यहाँहरुको साथ एवम् सहयोगमा श्री दुर्गा बहादुर सुनारलाई सकुशल स्वदेश पठाउन सफलता प्राप्त भएको छ । यस अभियान अन्तर्गत संकलित जम्मा प्राप्त सहयोग रकमको विस्तृत विवरण यसै सूचनासाथ सार्वजनिक गरिएको व्यहोरा समेत सम्पूर्ण महानुभावहरुमा जानकारी गराउदँछौं ।

यस अभियानमा जोडिनुहुने सम्पूर्ण संघ–संस्था, समाजसेवी एवम् सहृदयी दाजुभाई दिदीबहिनीहरुमा महावाणिज्यदूतावास हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

नेपाली कन्सुलेट जनरल, जेद्दा
०१ कार्तिक २०८० (१८ अक्टोबर सेप्टेम्बर २०२३)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖