• Monday 5th of October 2026

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

अछाम । अछामको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ११ः३० बजे लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमाना निवासी ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा उपचारकै क्रममा दिउँसो १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न अटो र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖