• Monday 5th of October 2026

रञ्जु दर्शनाले किन गरिन् संसदमा हारगुहार ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारसँग हारगुहार मागेकी छिन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद दर्शनाले स्वास्थ्य बिमा र लुटिएको सुनका क्षतिपुर्ति नदिएको भन्दै सरकारसँग हारगुहार मागेकी हुन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न लागेको बिषयमा पनि उनले ध्यानाकर्षण गराएकी छिन् ।

 

‘स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर हो सञ्चालनमा ल्याइदिनुपर्‍यो’, न्यौपानेको भनाइ छ, ‘स्वाथ्य बिमा नहुदाँ लाखौं मानिस पीडित छन, सरकारले सुनिदिनु परयो,’ उनले भनिन, ‘थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न हुँदैन भनेर स्थानीयले विरोध गरिरहेका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि संवेदनशील बन्न आवश्यक छ ।’ 

 

सांसद दर्शनाले राष्ट्र बैकमा सुन राखेर ऋण लिएकाहरूले गत भदौ २३÷२४ को घटनामा सुन लुटिएको बिषय पनि संसदमा उठाएकी छिन । उनका अनुसार जस जसको सुन लुटिएको छ, उनीहरूले क्षतिपुर्ति पाउनु पर्ने भन्दै माग गरेकी छिन् । 
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖