• Sunday 4th of October 2026

पोर्चुगलमा बुर्का माथी प्रतिबन्ध, लगाए ३ हजार युरोसम्म जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ भदौं । युरोपेली मुलुक पोर्चुगलमा बुर्का प्रतिबन्ध लगाउने कानुन लागू भएको छ।

 

दक्षिणपन्थी दलहरूको दबाबमा ल्याइएको यस कानुनलाई पोर्चुगलका राष्ट्रपतिले अनुमोदन गरेका छन्। यस कानुनले अब देशभरका सार्वजनिक स्थलहरूमा अनुहार छोप्न निषेध गरेको छ। फ्रान्स पछि पोर्चुगलले बुर्कामा प्रतिबन्ध लगाउने अर्को मुलुक बनेको हो । 

 

यसको मुख्य उद्देश्य मुस्लिम महिलाहरूलाई पूरै अनुहार छोप्ने खालको पर्दा (नकाब) लगाउनबाट रोक्नु हो। अध्यक्ष एन्टोनियो जोसे सेगुरोले अनुहारलाई व्यक्तिको पहिचान र अन्तर(व्यक्तिगत अन्तरक्रियाको एक महत्त्वपूर्ण अंग मानिनुपर्ने बताएका छन्।

स्थानीय सञ्चार माध्यमले यस कानुनको अन्तिम रूपलाई ‘बुर्का कानुन’ को नाम दिएका छन्। उल्लेखनीय छ कि केही मुस्लिम महिलाहरू आफ्नो शरीर र अनुहार छोप्नका लागि बुर्का लगाउँछन्। यसै कारणले गर्दा यस कानुनलाई ‘बुर्का कानुन’ भनिएको हो । 

 

पोर्चुगलको संसदले हालै यो बुर्का कानुन पारित गरेको हो । यसलाई दक्षिणपन्थी सरकारमा आबद्ध दलहरूका साथै अति(दक्षिणपन्थी दलका सांसदहरूको समर्थन प्राप्त भयो, जबकि वामपन्थी दलहरूले यसको विपक्षमा मतदान गरेका थिए।

 

यस कानुन अनुसार सार्वजनिक स्थलहरूमा अनुहार छोप्ने वा व्यक्तिको पहिचान गर्न कठिनाइ हुने खालका पहिरन लगाउन निषेध गरिएको छ। साथै, लिङ्ग, धर्म, उमेर वा उत्पत्तिका आधारमा कुनै व्यक्तिलाई अनुहार छोप्न बाध्य पार्नु पनि कसुर मानिने भएको छ।

 

महिला अधिकारको वकालत गर्ने संस्थाहरूले लामो समयदेखि यस्तो कानुनले महिलाहरूले के लगाउनुपर्छ भनि तोकेर उनीहरूको अधिकारलाई कमजोर पार्ने तर्क गर्दै आएका छन्।

राष्ट्रपति सेगुरोले सामाजिक तथा सांस्कृतिक दृष्टिकोणबाट यो विषय अत्यन्त संवेदनशील रहेको स्वीकार गरेका छन । पोर्चुगलमा यो कानुन उल्लङ्घन गर्नेहरूले १५० देखि ३,००० युरोसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ। तर, कानुनले केही विशेष अवस्थामा छुटको व्यवस्था गरेको छ। 

यसमा स्वास्थ्य, काम, कला वा मौसमसम्बन्धी कारणले अनुहार छोप्नु पर्ने अवस्था समावेश छन्। धार्मिक स्थल, कूटनीतिक नियोग र हवाईजहाजहरूलाई पनि यस कानुनबाट छुट दिइएको छ। 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖