• Sunday 4th of October 2026

एकै परिवारका चार जना घरभित्र मृत फेला


  • धनकुटा खबर
  • .

ढाका । बङ्गलादेशको रंगपुरमा एकै परिवारका चार सदस्य आफ्नै घरभित्र संदिग्ध अवस्थामा मृत फेला परेका छन्।

मृत्यु हुनेमा ६५ वर्षीय सेवानिवृत्त शिक्षक गणपति चक्रवर्ती, उनकी ५० वर्षीया पत्नी प्रीतिलता, २३ वर्षीया छोरी अगामी र १२ वर्षीय छोरा प्रियम रहेका छन्।

शनिबार राति रंगपुरको दशपाडा क्षेत्रमा रहेको घरको ताला तोडेर प्रहरीले चारै जनाको शव फेला पारेको हो। परिवारका सदस्यसँग बिहीबारदेखि सम्पर्क हुन नसकेपछि आफन्तहरू घरमा पुगेका थिए।

प्रहरीका अनुसार प्रीतिलता र उनकी छोरी अगामीको शव सिँढी नजिक, गणपति चक्रवर्तीको शव घरको छतमा तथा १२ वर्षीय प्रियमको शव पलङमुनि फेला परेको थियो।

घटनाको कारण, मृत्यु भएको समय तथा परिस्थितिबारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। घटनाबारे रंगपुर महानगरीय प्रहरीसँगै क्रिमिनल इन्भेस्टिगेसन डिपार्टमेन्ट (सीआईडी) र डिटेक्टिभ ब्रान्च (डीबी) ले अनुसन्धान गरिरहेका छन्।

आफन्तहरूले मृतक गणपति चक्रवर्तीको कसैसँग दुश्मनी नरहेको बताएका छन्। प्रहरीले भने अनुसन्धान अघि बढेपछि मात्रै चारै जनाको मृत्युको वास्तविक कारण तथा घटनामा संलग्न व्यक्तिबारे स्पष्ट हुने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖