• Monday 5th of October 2026

चीनतर्फ ताल फुट्यो : फेरि बाढीको जोखिम, चीनले स्थगित गर्‍यो उद्धार अभियान


  • धनकुटा खबर
  • .

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।

चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । यो ताल फुटेको सूचनासँगै फेरि बाढीको जोखिम बढेको छ ।

उता चीनले बाढीको जोखिम देखिएपछि उद्धार अभियान स्थगित गरेको छ ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले व्यापक जनधनको क्षति भएको छ । नेपाल सरकारले राहत तथा उद्धार कार्य जारी राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖