• Sunday 4th of October 2026

थुनिएर बनेको तालबाट पानी तलतिर झर्न रोकिएपछि चीनले तिब्बतमा फेरि सुरु गर्‍यो उद्धार कार्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीनले तिब्बतमा बाढी प्रभावितहरूको उद्धार कार्य फेरि थालेको छ ।

चीनको सरकारी टिभी सीसीटीभीलाई उद्धृत गर्दै बीबीसीले छापेको समाचार अनुसार पानी थुनिएर बनेको तालबाट पानी तलतिर झर्न रोकिएपछि उद्धार कार्य सुचारु गरिएको हो ।

यसअघि भने चीनले तालबाट बाढीको जोखिम बढेको भन्दै तीन घण्टा जति उद्धार कार्य रोकेको थियो ।

भोटेकोशीमा आएको बाढीका कारण तिब्बतको सीमावर्ती क्षेत्रमा ५५० भन्दा धेरै मानिस हराइरहेको बताइएको छ । यीमध्ये २६० जना कैलाश मानसरोवर जान लागेको तीर्थयात्री भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖