• Monday 5th of October 2026

च्याम्पियन्स लिग : फेयेनुर्डमाथि बार्सिलोनाको ५–१ को सहज जित


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ भदाैं ।  स्पेनिस महारथी बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा सानदार सुरुवात गर्दै सहज जित निकालेको छ।

 

बुधबार राति भएको खेलमा बार्सिलोनाले डच टोली फेयेनुर्डलाई ५–१ गोल अन्तरले पराजित गरेको हो।

 

घरेलु मैदान नोउ क्याम्पमा भारी वर्षाबीच सुरु भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै २-० को अग्रता बनाएको थियो। खेलको तेस्रो मिनेटमै लामिन यमलको पासमा कप्तान राफिन्हाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

 

बार्सिलोनाको जितमा कप्तान राफिन्हाले दुई गोल गरे भने वैकल्पिक कप्तान लामिन यमल, करिम एडेयेमी र नयाँ अनुबन्धित खेलाडी गाब्रिएल जेसुसले समान एक–एक गोल थपे। उत्कृष्ट प्रदर्शन गरेका यमलले खेलमा दुई वटा ‘असिस्ट’ समेत गरे।

 

प्रशिक्षक ह्यान्सी फ्लिकको नेतृत्वमा रहेको बार्सिलोना पछिल्ला खेलहरूमा उच्च फर्ममा देखिएको छ। टोलीले आफ्ना पछिल्ला पाँच खेलमा कुल २२ गोल गरिसकेको छ।

 

यसअघि स्पेनिस ला लिगाका दुई खेलमा पनि बार्सिलोनाले समान पाँच-पाँच गोल गरेको थियो; जहाँ टोलीले भ्यालेन्सियालाई ५-० र रायो भालेकानोलाई ५-२ ले हराएको थियो। लिगको पहिलो खेलमा इल्चेविरुद्ध ५-० को जित निकालेको बार्सिलोनाले एथ्लेटिक बिलबाओविरुद्ध भने २-० को जित दर्ता गरेको थियो। बार्सिलोनाले अब ला लिगाको आगामी खेलमा लेभान्तेको सामना गर्नेछ।

 

यस्तै, बुधबार राति नै भएका च्याम्पियन्स लिगका अन्य खेलहरूमा पेरिस सेन्ट जर्मेन (पिएसजी), आर्सनल, लिभरपुल र स्पोर्टिङ सिपीले पनि आ–आफ्नो खेल जित्दै स्पष्ट तीन अङ्क जोडेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖