• Sunday 4th of October 2026

मोदीले दिएको रात्रिभोजमा किन सहभागी भएनन् सी चिनफिङ ?


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनमा सहभागी राष्ट्रका प्रमुख तथा अन्य प्रतिनिधिका लागि आयोजना गरेको विशेष रात्रिभोजमा सहभागी नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार नयाँदिल्लीस्थित भारत मण्डपमा प्रधानमन्त्री मोदीले ब्रिक्स सदस्य राष्ट्रका नेताहरू, सम्मेलनमा सहभागी अन्य देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूका लागि रात्रिभोज आयोजना गरेका थिए । उक्त समारोहमा सी चिनफिङ भने उपस्थित भएनन् ।

सीको अनुपस्थितिको आधिकारिक कारण सार्वजनिक गरिएको छैन । यद्यपि, उनको अनुपस्थितिले भारत–चीन सम्बन्ध तथा दुई देशबीचको पछिल्लो कूटनीतिक संवादका सन्दर्भमा चर्चा निम्त्याएको छ ।

मोदी–सी भेटवार्तापछि रात्रिभोजमा अनुपस्थिति

ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । करिब सात वर्षपछि भएको यो भेटमा दुई देशबीचको सम्बन्ध सुधार, सीमा क्षेत्रमा शान्ति तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

दुवै नेताबीचको भेटलाई भारत–चीन सम्बन्धमा सुधारको सम्भावनाका रूपमा हेरिएको छ । तर, त्यसै दिन आयोजित उच्चस्तरीय रात्रिभोजमा सी सहभागी नहुनुले उनको अनुपस्थितिको कारणबारे विभिन्न प्रश्न उठेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार रात्रिभोजमा अन्य विशिष्ट अतिथिहरू सहभागी भएका थिए । तर, सीको अनुपस्थितिलाई लिएर कुनै आधिकारिक स्पष्टीकरण आएको छैन ।

चिनियाँ राष्ट्रपतिको भारत भ्रमण सन् २०१९ पछि पहिलोपटक भएको हो । यस भ्रमणलाई दुई देशबीच लामो समयदेखि कायम सीमा विवाद र कूटनीतिक तनावपछि सम्बन्ध सामान्य बनाउने प्रयासका रूपमा हेरिएको छ । त्यसो अहिले मोदीले दिएको रात्रीभोजको सहाकारी परिकारले संचारमाध्ययमा उल्लेख्य चर्चा पाएको छ भने भोजमा सीको अनुपस्थितिलाई लिइर पनि विभिद अड्कलबाजी चलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖