• Sunday 4th of October 2026

ट्रम्पको कडा चेतावनी: ‘इरानसँग सम्झौता वा तत्काल विनाश, ठूलो निर्णयको समय आयो’


  • धनकुटा खबर
  • .

न्युयोर्क, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इरानको भविष्यलाई लिएर “ठूलो निर्णय” गर्ने समय आएको बताएका छन्।

 

उनले इरानसँग कि त शान्ति सम्झौता हुने वा उसमाथि फेरि आक्रमण गरी “तत्काल विनाश” गरिने चेतावनी दिएका छन्।

 

न्युयोर्कमा आयोजित महासभामा इरानी प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थितिमै ट्रम्पले द्वन्द्वको समाधान नभए इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्न सक्ने बताए। सम्बोधनका क्रममा उनले भने, “के इरानसँग यस्तो कुनै सम्झौता होला जसले उनीहरूलाई पुनः शक्तिशाली बन्न दिन्छ? कि म यो इस्लामिक गणतन्त्रलाई तुरुन्तै ध्वस्त पारिदिऊँ ताकि उनीहरूले फेरि अरूलाई नष्ट गर्ने मौका नपाऊन्?” यद्यपि, उनले नोभेम्बरको अमेरिकी चुनावलगत्तै इरानसँग सम्झौता हुनसक्ने विश्वास व्यक्त गरेका छन्।

 

सम्बोधनका क्रममा ट्रम्पले ‘विश्वव्यापी सरकार’ को अवधारणालाई अस्वीकार गर्दै रूस-युक्रेन युद्धमा शान्ति मध्यस्थता गर्ने र अमेरिकाले कृत्रिम बुद्धिमत्ताको दौड जित्ने दाबी गरे।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖