• Sunday 4th of October 2026

न्युयोर्क पुगे प्रधानमन्त्री बालेन


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क पुगेका छन् ।

उनी संयुक्त राष्ट्रसंघको महासंघमा भाग लिनका लागि हिजो (मंगलबार) कतार एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका थिए ।

कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क गएका थिए ।

उनले भोलि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । केहीबेर अघिमात्रै उनी न्युयोर्कस्थित जेफएके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनले भोलि (असोज ८) गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् ।

महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ ।

हिजो मात्रै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै नेपालका हिमालहरूबाट संसारको छानो खसिरहेको बारेमा आफूले तीन वर्ष अघि नै ध्यानाकर्षण गराएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖