• Sunday 4th of October 2026

एमालेमा ईश्वर पोखरेल सहित ७ जना स्थायी कमिटी सदस्य मनोनीत


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित ७ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकले पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, थममाया थापा, शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो।

सचिवालयको निर्णयलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले उनीहरूको नाम अनुमोदन गरेको छ। बाँकी नाम अर्को बैठकबाट टुंगो लगाइने एमालेले जनाएको छ।

यस्तै, एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएको छ। उनको पार्टीभित्रको वरीयता दोस्रो रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖