• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

दुई- दुई पटक ‘मृ’त्युद,ण्ड इन्जेक्सन’ दिदाँ पनि बाँचेकी पाइककाे अवस्था चिन्ताजनक


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकी राज्य टेनेसीमा मृत्युदण्डको प्रतीक्षामा रहेकी ५० वर्षीया कैदी क्रिस्टा पाइकलाई घातक इन्जेक्सन दिने दुईवटा प्रयासहरू असफल भएपछि उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।

 

घटनालगत्तै राज्यका गभर्नर बिल लीले यस वर्षका लागि तय गरिएका सबै मृत्युदण्ड कार्यान्वयन रोक्ने निर्णय गरेका छन्।

 

“अहिले हामीलाई उनको स्वास्थ्य अवस्थाको भविष्यबारे वा स्वास्थ्यसम्बन्धी धेरै जानकारी छैन, तर उनी जीवितै छिन्,” पाइकका वकिल र्यान्डी स्पाइभीले बिहीबार पत्रकारहरूसँग भने।

 

सन् १९९६ मा १९ वर्षीया कोलीन स्लेमरको कुटपिट तथा यातना दिई हत्या गरेको अभियोगमा पाइकलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। घटना हुँदा पाइक १८ वर्षकी थिइन्।

 

के भएको थियो मृत्युदण्ड कक्षमा?
 

बुधबार पाइकको मृत्युदण्ड कार्यान्वयन गर्ने प्रयास अन्तिम समयसम्म कानुनी लडाइँको विषय बनेको थियो। अन्ततः अमेरिकी सर्वोच्च अदालतले घातक इन्जेक्सनमार्फत सजाय अघि बढाउन अनुमति दिएपछि प्रक्रिया सुरु गरिएको थियो।

 

वकिलहरूका अनुसार, मृत्युदण्ड दिने टोलीले एक घण्टासम्म पाइकको शरीरमा ‘आईभी’ लाइन जोड्ने असफल प्रयास गरेको थियो। “मैले उनको देब्रे हातमा मात्र कम्तीमा सातवटा सुई प्रयोग गरिएको देखें; तीमध्ये एउटा सुई बाङ्गो भएको थियो,” वकिल स्पाइभीले भने।

 

पाइकलाई ‘पेन्टोबार्बिटल’ नामक रसायनको दुईवटा घातक मात्रा दिइएको थियो। दोस्रो मात्रा दिइएको केही मिनेटपछि पनि पाइकले निरन्तर सास फेरिरहेको स्पष्ट भएपछि अवलोकनकर्ताहरूलाई बन्द पर्दा पछाडि पठाइएको थियो। त्यसपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।

 

घटनाबारे प्रतिक्रिया दिँदै ‘गम्भिर घाइते’ स्लेमरकी आमा मे मार्टिनेजले एनबीसीन्यूजसँग भनिन्, “यो सब अस्तव्यस्त भयो।”

 

स्वतन्त्र अनुसन्धानको आदेश र राजनीतिक तरङ्ग
 

टेनेसीका गभर्नर बिल लीले यस असफलताबारे “पूर्ण र विस्तृत” स्वतन्त्र समीक्षाको आदेश दिएका छन्। गभर्नरको यो निर्णयसँगै आगामी डिसेम्बर ३ का लागि तय गरिएको अर्का कैदी ग्यारी सटनको मृत्युदण्ड पनि रोकिएको छ। टेनेसीमा नसा फेला नपरेर मृत्युदण्डको प्रयास असफल भएको यो दोस्रो पटक हो; यसअघि गत मे महिनामा टोनी क्यारुदर्सको मृत्युदण्ड पनि यसरी नै रोकिएको थियो।

 

घटनापछि पाइकका वकिलहरूले उनको सजाय घटाउन माग गरेका छन्। उनीहरूले यो प्रक्रियालाई “क्रूर र अमानवीय” भन्दै पाइकको संवैधानिक अधिकारको उल्लंघन भएको बताएका छन्।

 

उता टेनेसी सुधार विभाग र महान्यायाधिवक्ताको कार्यालयले भने स्वीकृत कानुनी कार्यविधि पालना गरिएको दाबी गर्दै घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान आवश्यक रहेको जनाएका छन्।

 

यस घटनाले टेनेसीको राजनीतिमा पनि तरङ्ग ल्याएको छ। गभर्नर पदकी रिपब्लिकन उम्मेदवार सिनेटर मार्शा ब्ल्याकबर्नले घटनालाई “दुखद” भन्दै समाधानका रूपमा ‘इलेक्ट्रिक चेयर’ (विद्युतीय कुर्सी) पुनः लागू गर्नुपर्ने धारणा राखिन्।

 

अर्कातर्फ, उनकी प्रतिद्वन्द्वी डेमोक्र्याट जेरी ग्रीनले ब्ल्याकबर्नको आलोचना गर्दै आफू गभर्नर बनेमा भविष्यका सबै मृत्युदण्डमा रोक लगाउने घोषणा गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖