• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

रास्वपाले थाल्यो पालिका चुनावको तयारी : उम्मेदवार छनोट समिति गठन


  • धनकुटा खबर
  • .

काठमाण्डौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी पालिका चुनावलाई लक्षित गर्दै तयारी थालेको छ।

पार्टीको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको हो।

समितिको सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनकसिंह धामीलाई मनोनयन गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। समितिमा पार्टीका सातै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्।

बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ। साथै, आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूपमा परिचालन हुन निर्देशन दिएको छ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया, संगठन परिचालन तथा विभिन्न विभागको जिम्मेवारी बाँडफाँटमार्फत पालिका चुनावको तयारीलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖