• Monday 5th of October 2026

लश्कर-ए-तैयबाका शीर्ष कमान्डर हाशिम मूसा सुरक्षा कारबाहीमा मारिए


  • धनकुटा खबर
  • .

रौतहट, १९ असोज । पाकिस्तानी आतंकवादी संगठन लश्कर–ए–तैयबाका (LeT) शीर्ष कमान्डर मोहम्मद आसिफ उर्फ हाशिम मूसा सुरक्षा बलसँगको मुठभेडमा मारिएका छन्।

पाकिस्तानबाट जम्मु–कश्मीर प्रवेश गरेको भनिएका मूसा बडगाम जिल्लाको युसमर्ग क्षेत्रमा सुरक्षा बलसँग भएको मुठभेडमा मारिएको जनाइएको छ।

मुठभेडपछि सुरक्षा बलले घटनास्थल नजिकैबाट एउटा झोला तथा ‘सर्भाइभल किट’ बरामद गरेको छ। बडगाम प्रहरीले उक्त झोलाको अनुसन्धान भइरहेको जनाएको छ। बरामद सामग्रीबाट मूसा तथा उनको समूहलाई सहयोग गर्ने सम्भावित सञ्जालबारे थप सूचना प्राप्त हुन सक्ने सुरक्षा अधिकारीहरूको अपेक्षा छ।

प्रहरीका अनुसार मूसा उर्फ आसिफ फौजी तथा मूसा फौजीको रूपमा समेत चिनिन्थे। उनीविरुद्धको कारबाहीपछि सुरक्षा निकायले उनको सम्भावित ‘लजिस्टिकल सपोर्ट नेटवर्क’ माथि अनुसन्धान तीव्र बनाएको छ। बडगाम प्रहरीको विशेष टोलीले आतंकवादी गतिविधिमा सहयोग पुर्‍याउने सम्भावित व्यक्तिहरू तथा सञ्जालको पहिचानका लागि विभिन्न स्थानमा खोजी तथा छानबिन गरिरहेको छ।

सुरक्षा निकायले मुठभेडबाट प्राप्त सूचना र बरामद सामग्रीको विश्लेषण गर्दै भविष्यमा हुन सक्ने सम्भावित आतंकवादी गतिविधि रोक्न थप रणनीति बनाइरहेको जनाएको छ। प्रहरीका अनुसार मूसा मारिएको करिब पाँच दिनपछि बडगामको कैवन जंगल क्षेत्रको पलमैदान आसपासबाट अनुसन्धानका क्रममा थप महत्वपूर्ण सफलता हात परेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖