• Thursday 8th of October 2026

यात्राको क्रममा इन्डिगोको विमानमा चट्याङ लाग्यो, १०४ यात्रु सकुशल


  • धनकुटा खबर
  • .

रौतहट, २२ असोज। भारत बिहारको राजधानी पटना हुँदै लखनउ जाँदै गरेको इन्डिगो एयरलाइन्सको विमान बुधबार साँझ खराब मौसमका क्रममा आकाशीय चट्याङको चपेटामा परेको छ।

लखनउ आसपासको आकाशमा करिब १७ हजार फिटको उचाइमा उडिरहेका बेला विमानमा आकाशीय चट्याङ परेको जनाइएको छ। चट्याङ लागे पनि विमानको सञ्चालनमा कुनै समस्या नआएको बताइएको छ।

पाइलटले विमानलाई सुरक्षित रूपमा भारतको लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका छन्।

विमानमा करिब १०४ जना यात्रु सवार थिए। चट्याङ परेपछि केही समय यात्रुहरूमा त्रासको वातावरण बने पनि सबै यात्रु सुरक्षित रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖