• Wednesday 7th of October 2026

धमेन्द्र बास्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले चलाएको स्कर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ति गाउँपालिका–५ को सिंगेमा गए राति पौने १० बजे बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले विपरीत दिशाबाट आइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले रातोपाटीलाई जानकारी दिए । गाडीको ठक्करबाट सख्त घाइते भएका उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि गाडी चालक बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी कार्यालय दाङमा राखिएको वलीले बताए । ‘चालक बस्तोलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौँ । उनीमाथि कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउँछौँ । घटनाबारे थप अनुसन्धान भइरहेको छ’, वलीले भने ।

वलीका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको गाडी बास्तोला आफैले चलाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖