काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज हुने प्रदर्शनलाई सरकारले कडाइका साथ दबाउन खोजेको छ ।
कक्रोच पार्टीका नेताहरुसहित भारतका सर्वाधिक फलोअर्स भएका युट्युवर ध्रुव राठीलाई पक्राउ गरेको सरकारले राठीकी लिगल अफेयर्स हेड रत्ना सिंहलाई पनि हिरासतमा लिएको छ ।
भारतीय सञ्चारमाध्यम द प्रिन्टका अनुसार वकिलहरुको बैठकमा भाग लिन गइरहेकी रत्ना सिंहलाई बाटोमै पक्राउ गरिएको हो । सीपीजेका सहसंयोजक सौरभ दासले निर्वाचन आयोग कब्जा गरेका नरेन्द्र मोदीको अहंकारी सत्ता अब पतनको दिशामा गएको टिप्पणी गरेका छन् ।
यसअघि ध्रुव राठीलाई गुरुग्रामको हिरासतमा लिइएको थियो । भारतमा निर्वाचन आयोगले मोदी सत्ता जिताउन १३ करोड मतदातालाई नामावलीबाट हटाएको विरोधमा आन्दोलन भइरहेको छ ।
