• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ र आशुतोष पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ असोज । कक्रोच जनता पार्टीका सहसंयोजक सौरभ दास र आशुतोष रान्कालाई प्रहरीले पक्राउ गरेको छ । दिल्लीको जन्तरमन्तरतर्फ अगाडि बढ्ने प्रयास गर्दा प्रहरीले उनीहरूलाई मंगलबार बिहान हिरासतमा लिएको हो ।

भारत सरकारले जन्तरमन्तरमा प्रदर्शन गर्न सोमबारदेखि रोक लगाएको छ । प्रहरीले  सिजेपीसँग सम्बन्धित अजिंक्य शिन्देसहित धेरै अन्य समर्थकहरूलाई पनि पक्राउ गरेको छ ।

सिजेपीका संस्थापक अभिजीत दीपकेले यस घटनाको बारेमा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक भिडियो पोस्ट गरेका छन्। भिडियोमा केही पार्टी समर्थकहरू जन्तरमन्तर पुग्न खोजिरहेको देखिन्छ।

दीपकेले भिडियोसँगै लेखेका छन्, ‘आज बिहानै सिजेपी तिरंगा बोकेर जन्तरमन्तरमा प्रवेश गरे, त्यसपछि दिल्ली प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो। आशुतोष रान्का, सौरभ दास, अजिंक्य शिन्दे र अन्य टोली सदस्यहरूलाई हिरासतमा लिइएको छ।’

अभिजित दिपकेले भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘नरेन्द्र मोदी, तपाईं विरोध प्रदर्शन समाप्त गर्न सक्नुहुन्न।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖