• Wednesday 7th of October 2026

इजरायलबाट ४ जना नेपालीकाे शव आइतवार काठमाण्डौ आइपुग्ने


  • धनकुटा खबर
  • .

काठमाण्डाै – इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये चार जनाको शव भोलि शनिवार दिउँसो इजरायलबाट नेपाल पठाइउने इजरायलमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

चार जनाको शव सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर भोलि दिउँसो १ बजेर २५ मिनेटको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागिएको तेल अभिभमा रहेको नेपाली दूतावासले जनाएको छ । इजरायलबाट दुबई हुँदै फ्लाई दुबईको उडान पर्सि आइतवार काठमाण्डाै आइपुग्ने दूतावासले निकालेको सूचनामा उल्लेख छ ।

यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖