• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

डेमोक्रेसी नै कता पुगिसक्यो, केको कम्प्रिहेन्सी डेमोक्रेसी ? :ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपको शैलीमा ठूलो परिवर्तन आएको बताएका छन्।

बिहीबार पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रका जनक र रक्षक दाबी गर्नेहरूबाटै अलोकतान्त्रिक ढङ्गले सत्ता परिवर्तन गराउने र आफूअनुकूलका सरकार स्थापना गर्ने काम भइरहेको आरोप लगाए।

उनले नेपालसहित विभिन्न देश यस्तो हस्तक्षेपको सिकार भइरहेको दाबी गर्दै यस विषयमा अनुसन्धान आवश्यक रहेको बताए।

ओलीले रातारात कसैलाई लोकप्रिय बनाउने र फेरि अलोकप्रिय बनाउने प्रवृत्ति खतरनाक रहेको उल्लेख गरे। रास्वपा सांसद खगेन्द्र सुनारको भनिएको अडियो प्रकरणको प्रसङ्ग जोड्दै उनले यस्तो प्रवृत्ति अन्य देशमा पनि देखिएको बताए।

विश्व व्यवस्था कमजोर हुँदा नेपालजस्ता देशले सबैभन्दा बढी असर भोग्नुपर्ने ओलीको भनाइ थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖