• Wednesday 7th of October 2026

जीवनमा अपार धन कमाउन चाहानुहुन्छ ? अवश्य गर्नुहोस् यी १२ शुभ कार्यहरु !


  • धनकुटा खबर
  • .

धन पाउने चाहना कसलाई हुँदैन ? हरकोही आफूसँग अपार धन र सम्पत्ति होस् भन्ने चाहन्छन्। तर धेरै पटकको अथक प्रयासको बाबजूद सफलता हासिल हुँदैन। जहाँ प्रयास समाप्त हुन्छ,

त्यहाँ थुप्रै पटक उपाय काम आउँछ। धन कमाउने धेरै उपाय प्रचलित छन्। तर अधिकांस एक सटीक उपायको चाहना राख्छन् जसले सजिलै अपार धन प्राप्त होस्।यसैकारण आज हामीले तपाईको लागि लिएर आएका छौं

यस्ता १२ उपाय, जसले तपाईको ईच्छा पूरा गर्न सक्छ। तपाई आफ्नो सुविधाको लागि कुनै १ उपाय मात्र पनि अपनाउन सक्नुहुन्छ। तर नियमित रुपमा यसको पालना गर्नुहोला।

१. प्रतिदिन शिवलिंगमा जल, बेलपत्र र अक्षता(चामल) चढाउनुहोला।
२. महालक्ष्मी र श्री विष्णुको पूजा गर्नुहोला।

३. हप्तामा कुनै १ दिन ब्रत राख्नुहोला। आइतबार ब्रत बस्नुभएमा सूर्य प्रसन्न भएर धन, सुख र सौभाग्यको वरदान दिनेछन्, सोमबार ब्रत बस्नुभएमा धनको कारक चन्द्रमा प्रसन्न हुनेछ। मंगलबार बस्नुभएमा बजरंगबली, बुधबार बस्नुभएमा श्री गणेश, बिहिबार बस्नुभएमा विष्णु जी, शुक्रबार बस्नुभएमा माता लक्ष्मी, शनिबार बस्नुभएमा शनिदेव खुसी हुनेछन्।

४. साइली औंला(Ring finger) मा सुन, चाँदी र तामाबाट बनेको औंठी लगाउनुहोला।
५. साँझ कुनै नजिकको मन्दिरमा गई द्वीप प्रज्वलन गर्नुहोला।

६. पूर्णिमाको चन्द्रमालाई पूजा गर्नुहोला।
७. श्रीसुक्तको पाठ गर्नुहोला।

८. श्री लक्ष्मीसुक्तको पाठ गर्नुहोला।
९. कनकधारा स्तोत्र पाठ गर्नुहोला।

१०. आफूबाट कसैमा हानि हुन् बाट बच्नुहोला।
११. पूर्णत: धार्मिक आचरण बनाइराख्नुहोला।
१२. घरलाई सफा-सुग्घर राख्नुहोला। यसले धन स्थायी रुपमा तपाईको घरमा रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖