• Friday 16th of October 2026

खगेन्द्र सुनारको अडियोबारे मन्त्रिपरिषद्‍मा छलफल भएन : सञ्चारमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सांसद खगेन्द्र सुनारसँग जोडिएको भनिएको अडियो प्रकरणमा आवश्यक परे सरकारले विधिवत् अनुसन्धान गर्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले उक्त अडियो प्रकरणबारे सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारले कुनै पनि मुद्दामा आवश्यकताअनुसार अनुसन्धान गर्ने बताएका हुन् ।

‘यो विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन । सरकारले कुनै पनि मुद्दा दबाउँदैन र सरकारको नियत पनि त्यस्तो छैन,’ मन्त्री तिमिल्सिनाले भने ।

सांसद सुनारसँग जोडिएको भनिएको अडियो सार्वजनिक भएपछि यो विषय चर्चामा आएको छ । मन्त्री तिमिल्सिनाको भनाइले आवश्यक परे उक्त प्रकरणमा कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुन सक्ने संकेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖