• Sunday 18th of October 2026

३ हजारकाे सामान किनेकी सन्तमायाले जितिन् १० लाख पुरस्कार


  • धनकुटा खबर
  • .

काठमाडौँ। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ।

आइतबार काठमार्डौंको न्यरोडस्थित विशाल बजार परिसरबाट असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको हो। दोस्रो पाक्षिकको पुरस्कार अन्तर्गत १० लाखको पुरस्कार एसएस फेन्सी हाउसबाट तीन हजारको सामान खरिद गर्ने ग्राहक नुवाकोटकी सन्तमाया तामाङले जितेकी छिन्।

पुरस्कार विजेतालाई कलाकारद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले फोन गरेर पुरस्कार जितेको जानकारी गराएका थिए। त्यस्तै १६ जनाले एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रममा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖