• Thursday 22nd of October 2026

गजब रात’ देखि ‘चार यार’ सम्म


  • धनकुटा खबर
  • .

चाडपर्वको मौसम चलिरहेको छ । चारैतिर रौनक छ । चलचित्रघरमा ठूला स्टारका फिल्महरू रिलिज हुने क्रममा छन् । ओटीटीको माहोल पनि उत्तिकै रमाइलो छ । यस सप्ताहान्त दर्शकले विभिन्न फिल्म तथा वेब सिरिजमार्फत भरपूर मनोरञ्जन लिन पाउनेछन् ।

गजब रात

मनोज बाजपेयी र नुसरत भरुचा अभिनीत यो क्राइम थ्रिलर ड्रामा फिल्म हो । यसको कथा एक प्रहरी अधिकारीको जीवनमा आधारित छ । सुरुमा फिल्मको नाम ‘घूसखोर पण्डत’ राखिएको थियो । उक्त नामलाई लिएर विवाद भएपछि फिल्मको नाम परिवर्तन गरेर ‘गजब रात’ राखिएको हो ।

यो फिल्म २३ अक्टोबर २०२६ देखि नेटफ्लिक्समा स्ट्रिम हुनेछ। फिल्ममा साकिब सलीम, दिव्या दत्ता र कीकु शारदालगायत कलाकार पनि छन्। यसको निर्देशन रितेश शाहले गरेका हुन् ।

चार यार

वेब सिरिज ‘चार यार’ पनि यसै सप्ताहान्त रिलिज हुँदैछ । नामबाटै स्पष्ट भएझैँ यो साथीहरूको कथामा आधारित सिरिज हो । यसमा गरिबी र अपराधको कथालाई समेटिएको छ ।

सिरिजमा पूर्व झा, नमन जैन, साकिब अय्युब र प्रयाग मेहता मुख्य भूमिकामा देखिनेछन् । यसका साथै साई ताम्हणकर, सिकन्दर खेर, दिब्येन्दु भट्टाचार्य, राजेश तैलाङ, चंकी पाण्डे र भगवती पेरुमल पनि महत्त्वपूर्ण भूमिकामा छन् ।

विनय वैकुलको निर्देशनमा बनेको यो सिरिज २३ अक्टोबर २०२६ देखि प्राइम भिडियोमा स्ट्रिम हुनेछ ।

द लिजेन्ड अफ हनुमान सिजन ७

भगवान् हनुमानमा आधारित लोकप्रिय सिरिज ‘द लिजेन्ड अफ हनुमान’ को सातौँ सिजन पनि यसै सप्ताहान्त सार्वजनिक हुँदैछ ।

यस सिजनमा लङ्काको युद्ध निर्णायक र भयावह मोडमा पुग्छ । वानर सेना निराश हुन्छ । तर, त्यही बेला बजरङ्गबली रावणको अन्त्य गर्न सक्ने अस्त्रको खोजीमा निस्कन्छन् ।

यो सिरिज २३ अक्टोबर २०२६ मा जियोहटस्टारमा सार्वजनिक हुनेछ ।

सूमो दीदी

‘सूमो दीदी’ खेलकुदमा आधारित जीवनीपरक फिल्म हो । यो भारतकी पहिलो व्यावसायिक महिला सूमो पहलवान हेतल दवेको जीवनबाट प्रेरित छ ।

फिल्ममा श्रियम भगनानी मुख्य भूमिकामा छिन् । चैतन्य शर्मा, अनुभा फतेहपुरिया, नितेश पाण्डे, राघव धीर र मीनल कपुर पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन्।

जयन्त रोहतगीको निर्देशनमा बनेको यो फिल्म २३ अक्टोबर २०२६ सार्वजनिक हुनेछ ।

लुपिन ४

नेटफ्लिक्सको चर्चित फ्रान्सेली क्राइम ड्रामा सिरिज ‘लुपिन’ चौथो सिजनसहित फर्किँदैछ।

अपराध, रहस्य र रोमाञ्चले भरिएको यो लोकप्रिय सिरिजको चौथो सिजन २३ अक्टोबर २०२६ देखि नेटफ्लिक्समा स्ट्रिम हुनेछ ।

द प्याराडाइज

तेलुगु सुपरस्टार नानी अभिनीत एक्सन तथा पिरियड ड्रामा फिल्म ‘द प्याराडाइज’ चलचित्रघरमा प्रदर्शन भएपछि अब ओटीटीमा आएको छ ।

श्रीकान्त ओडेलाको निर्देशनमा बनेको यो फिल्म २२ अक्टोबरमा नेटफ्लिक्समा रिलिज भएको हो । फिल्मको हिन्दी डब संस्करण पनि उपलब्ध छ ।

यसमा नानीसँगै राघव जुयाल, कयादु लोहार र मोहन बाबूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नोबडी वान्ट्स दिस सिजन ३

रोमान्टिक कमेडी सिरिज मन पराउने दर्शकका लागि ‘नोबडी वान्ट्स दिस’ को तेस्रो सिजन पनि विकल्प बन्न सक्छ ।

यस सिरिजमा क्रिस्टन बेल र एडम ब्रोडी मुख्य भूमिकामा छन् । यसको तेस्रो सिजन २२ अक्टोबर २०२६ देखि नेटफ्लिक्समा स्ट्रिम हुनेछ ।

दुनिया की ठांय ठांय

यस सप्ताहान्त ओटीटीमा उपलब्ध हुने सूचीमा वेब सिरिज ‘दुनिया की ठांय ठांय’ पनि समावेश छ।

सचिन पाण्डेले निर्माण गरेको यस सिरिजको निर्देशन सुमित चावलाले गरेका हुन् । ऋषभ जायसवाल र दीपाली शर्मा अभिनीत यो सिरिज २२ अक्टोबरदेखि प्राइम भिडियो एमएक्स प्लेयरमा उपलब्ध छ ।

मोआना

सप्ताहान्तमा बालबालिकासँगै बसेर फिल्म हेर्न चाहनेहरूका लागि ‘मोआना’ राम्रो विकल्प हुन सक्छ ।

यो चर्चित एनिमेटेड फिल्म चलचित्रघरमा प्रदर्शनपछि अब ओटीटीमा आएको छ । २१ अक्टोबरमा जियोहटस्टारमा रिलिज भएको यस फिल्मको निर्देशन थोमस केलले गरेका हुन् ।

सन् २०१६ मा सार्वजनिक भएको डिज्नीको एनिमेटेड फिल्म ‘मोआना’ को लाइभ-एक्सन रिमेकका रूपमा बनेको यो फिल्म १० जुलाई २०२६ मा रिलिज भएको थियो । अब दर्शकले यसलाई ओटीटीमा पनि हेर्न सक्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖