• Thursday 22nd of October 2026

साउदी अरबमा ड्रोन आक्रमणमा परेर एक नेपाली सहित दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । साउदी अरबको दक्षिण-पूर्वी क्षेत्रस्थित ´साउदी अरामको` को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा परेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

संयुक्त अरब इमिरेट्स (युएई ) को सीमा नजिकै रहेको ´शायबाह` तेल क्षेत्रमा खसालिएको ड्रोनका अवशेषहरू खस्दा फिलिपिन्सका एक नागरिक र एक नेपालीको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्।

साउदी ऊर्जा मन्त्रालयका अनुसार खसालिएको ड्रोनको टुक्रा खस्दा त्यहाँ कार्यरत ठेकेदारको सवारी साधनमा आगलागी भएको थियो। मन्त्रालयले आक्रमणको पुष्टि गरे पनि यसका लागि जिम्मेवार समूहको नाम सार्वजनिक गरेको छैन।

यमनका इरान-समर्थित हुथी विद्रोहीहरूले साउदी ऊर्जा पूर्वाधारहरूमा निरन्तर आक्रमण गरिरहेका बेला यो घटना घटेको हो। यसले खाडी क्षेत्रका निर्माण, सेवा र ऊर्जा क्षेत्रमा कार्यरत नेपाली कामदारहरूले भोग्नुपरिरहेको उच्च सुरक्षा जोखिमलाई पुनः उजागर गरेको छ।

साउदी अधिकारीहरूले मृतक नेपाली नागरिकको परिचय र शव स्वदेश फर्काउनेबारे थप विवरण सार्वजनिक गर्न बाँकी छ। घटनालगत्तै सम्बन्धित सुरक्षा निकायले आवश्यक सतर्कता तथा उपायहरू अपनाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖