• Friday 30th of October 2026

२२ लाखभन्दा बढी मूल्यका सेक्स टोय बरामद


  • धनकुटा खबर
  • .

कपिलवस्तु । कपिलवस्तुमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ। बरामद सामग्रीमध्ये मात्रै २२ लाख ९२ हजार १०० रुपैयाँ मूल्यका विभिन्न प्रकारका सेक्स टोय तथा चार्जर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामग्री फेला पारेको हो।

प्रहरीले बुद्धभूमि नगरपालिका- २ स्थित गोरुसिङ्गे क्षेत्रबाट कपडा, बालबालिकाका कपडा, ब्ल्याङ्केट तथा मोजा बरामद गरेको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका-२ स्थित महेन्द्र पार्क नजिकबाट विभिन्न प्रकारका सेक्स टोय तथा चार्जर बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामग्रीमा महिलाका लागि प्रयोग हुने विभिन्न प्रकारका सेक्स टोय, पुरुषका लागि प्रयोग हुने सेक्स टोय तथा तिनका चार्जर रहेका छन्।

बरामद भएका सामग्रीको अनुमानित मूल्य निर्धारण गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतसँग खुला सीमा जोडिएको कपिलवस्तुमा भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र जाँचलाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖