काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को अनलाइन बोलपत्र प्रणाली ह्याक गरी ठेक्काको विवरण हेरफेर गरेको प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले दोस्रो चरणको अनुसन्धानका क्रममा कात्तिक १५ गते टंकनाथ ढकाल, रामेश्वर थापा र प्रकाश बराललाई पक्राउ गरेको हो।
साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार आर्थिक प्रस्ताव खोल्नुअघि नै पीपीएमओको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्याएर आर्थिक प्रस्तावका कागजात हेरफेर गरिएको अनुसन्धानबाट खुलेको छ।
यसअघि यसै प्रकरणमा प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो। घटनाको पहिलो चरणको अनुसन्धानपछि मुद्दा अदालत पुगिसकेको छ।
