• Saturday 7th of November 2026
  • ट्रेण्डिङ :

सकियो सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ ।

शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा २ जनाको सुनुवाइ भएको छ । यसअघि शुक्रबार दुई जनाको सुनुवाइ भएको थियो ।

न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सबैभन्दा पछिल्लो सुनुवाइ गोकर्ण डाँगीको भएको थियो । आजै जनक पाण्डेको पनि सुनुवाइ भएको थियो । सारु र बागचन्दको भने बिहीबार नै सुनुवाइ भएको हो ।

सुनुवाइपछि अनुमोदन गर्ने वा नगर्ने निर्णय भने भइसकेको छैन । समितिले यसबारे आन्तरिक छलफल गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖