काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसर पारेर आज आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।
नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, इमानदारी, साथ र साहसको प्रतीकका रूपमा सम्मान गर्ने परम्परालाई प्रवर्द्धन गर्दै कुकुर तिहारको महत्त्व अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न मन्त्री, विदेशी कूटनीतिज्ञ, कलाकार तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले कुकुरलाई टीका र माला लगाई पूजा गरेका थिए। यसमार्फत कुकुरप्रति प्रेम, सद्भाव, सम्मान र संरक्षणको भावना अभिव्यक्त गरिएको थियो।
