काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सका कप्तान सोमपाल कामी आउट भएका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा मेहेदी हसनको बलमा उनले ब्याटले एक पटक बललाई हिर्काएर फेरि रिस देखाउँदै बललाई हिर्काएका थिए।
त्यसपछि अम्पायरले रिभ्यू चेक गर्न लगाए र अन्तिम निर्णय आउट दिइयो। क्रिकेटको ‘अब्स्ट्रक्टिङ द फिल्ड’ नियमका आधारमा उनी आउट भएका हुन्।
