काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौँ गोर्खाजले दोस्रो विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीका नन्दन यादवले काठमाडौँका स्मित पटेललाई आउट गरेका हुन्। पटेल ११ बलमा ९ रन बनाएर आउट भए। उनले १ छक्का प्रहार गरे।
यसअघि कप्तान सोमपाल कामीले डेभिड वार्नरलाई १६ रनमा आउट गरेका थिए। ४.१ ओभरको खेल सकिँदा काठमाडौँले २ विकेट गुमाएर २८ रन बनाएको छ। मोहम्मद आदिल आलम ४ बलमा २ रन बनाएर क्रिजमा छन्।
१८१ रनको लक्ष्य पछ्याइरहेको काठमान्डुलाई जितका लागि अब ९५ बलमा १५३ रन आवश्यक छ।
