• Monday 23rd of November 2026

९‍.५ ओभरमै कर्णालीले गुमायो ५ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले ९.५ ओभरमै पाँच विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ९.५ ओभरमा पाँच विकेट गुमाएर ६९ रन बनाएको छ ।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ३५ रन बनाए । उनले १५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । पवन सर्राफले १५ तथा दीपक डुम्रेले सात रन बनाए । कप्तान डेभिड मिलर पाँच रनमा आउट भए ।

चितवनका कमल ऐरीले दुई विकेट लिए । उसामा मिर, सिकन्दर राज र सलाहुद्दिन खानले समान एक विकेट हात पारे । कर्णालीका हुसेन तलात तीन रन बनाएर क्रिजमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖