• Monday 23rd of November 2026

सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौ । सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।

श्रेष्ठले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित।’

उनको यो घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धालाई लिएर राजनीतिक वृत्तमा चासो बढ्ने देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖