काठमाडौं । कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् । उनलाई प्रहरीले मंगलबार भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बोगटीलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
कालिकोट स्थायी घर भएका बोगटी लामो समयदेखि परिवारसहित भक्तपुरको सूर्यविनायकमा बस्दै आएका छन् । उनी गायक तथा संगीतकारका रूपमा समेत परिचित छन् ।
केही दिनअघि उनले गृहमन्त्री सुधन गुरुङकी आमा भएको दाबी गर्ने एक महिलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उक्त भिडियो सार्वजनिक गरेको विषयसँग पक्राउको सम्बन्ध रहे–नरहेकोबारे प्रहरीले औपचारिक रूपमा खुलाएको छैन ।
