• Monday 23rd of November 2026

प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीमा, विमानस्थलमा रेड कार्पेटसहित स्वागत


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

प्रधानमन्त्री शाह नेपाली समयअनुसार आइतबार दिउँसो ३:३० बजे नयाँ दिल्ली पुगेका हुन् । उनको स्वागतका लागि विमानस्थलमा रेड कार्पेट बिछ्याइएको थियो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने, नेपाल–भारत बिजनेस फोरममा सहभागी हुने तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुई देशबीचको सम्बन्ध, व्यापार, ऊर्जा, लगानी तथा पूर्वाधार विकासलगायतका विषय भ्रमणका प्रमुख एजेन्डा रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖