काठमाडौँ । दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय सेनाको सलामी लिएका छन् ।
आइतबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले सलामीसहित स्वागत गरेका हुन् ।
रोचक पक्ष के छ भने, प्रधानमन्त्री शाहले नेपालबाट भारत प्रस्थान गर्दा नेपाली सेनाबाट सम्मान गारत (गार्ड अफ अनर) लिएका थिएनन् । उनी कुनै विशेष औपचारिक समारोहबिना नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गरेका थिए ।
तर, भारत पुग्दा भने उनले सैनिक सलामीसहितको स्वागत पाएका छन् ।
नेपालमा सम्मान गारत नलिएका प्रधानमन्त्री शाहले भारतमा सैनिक सलामी लिएपछि यस विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन् ।
