• Monday 23rd of November 2026

‘रामायण’ बन्यो विश्वभर १,६०० करोड रुपैयाँ कमाउने पाँचौँ भारतीय चलचित्र


  • धनकुटा खबर
  • .

मुम्बई, ७ मंसिर । रणवीर कपुर अभिनित ‘रामायण’ ले १७औँ दिनमा २७.४० करोड रुपैयाँको खुद कमाइ (नेट कलेक्सन) गरेको छ। यससँगै चलचित्रको विश्वव्यापी कुल कमाइ १,६१६.७० करोड रुपैयाँ पुगेको छ।

 

‘रामायण’ विश्वभर १,६०० करोड रुपैयाँ वा सोभन्दा बढी कमाइ गर्ने पाँचौँ भारतीय चलचित्र बनेको छ।

 

‘सैकनिल्क’ को तथ्याङ्कअनुसार चलचित्रले १७औँ दिनमा विदेशमा १० करोड रुपैयाँको कुल कमाइ (ग्रस कलेक्सन) गरेको छ। फलस्वरूप, यसको विदेशस्थित कुल कमाइ ५३३ करोड रुपैयाँ पुगेको छ।

 

भारतमा चलचित्रको खुद कमाइ ९०६.९० करोड रुपैयाँ पुगेको छ। भारतमा यसको कुल कमाइ (ग्रस कलेक्सन) १,०८३.७० करोड रुपैयाँ पुगेको छ।

 

चलचित्रको १७औँ दिनमा भारतभर १५,८५१ शोहरू आयोजना गरिएका थिए। तीमध्ये हिन्दी संस्करणले सबैभन्दा बढी अर्थात् २०.२५ करोड रुपैयाँ कमायो। हिन्दी भाषामा १३,५५३ शोहरू भएका थिए।

 

मलयालम संस्करणले ८३८ शोहरूबाट २.७५ करोड रुपैयाँ कमायो भने तमिल संस्करणले ६०१ शोहरूबाट २ करोड रुपैयाँ सङ्कलन गर्‍यो । कन्नड संस्करणले ४११ शोहरूबाट १.६५ करोड रुपैयाँ कमायो। तेलुगु संस्करणले ४४८ शोहरूबाट ७५ लाख रुपैयाँ सङ्कलन गर्‍यो। १७औँ दिनमा चलचित्रले प्रति शो औसत १७,२८६ रुपैयाँ कमायो।

 

‘रामायण’ मा रणवीर कपुरले भगवान् रामको, साई पल्लवीले सीताको र यशले रावणको भूमिका निर्वाह गरेका छन्। यस चलचित्रको निर्देशन नितेश तिवारीले गरेका हुन् भने निर्माता नमित मल्होत्रा हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖